प्रधानमन्त्री ओलीले उद्घाटन गरे ‘नागरिक एप’
मेरोन्यूज
२०७८ वैशाख १९ गते १२:३१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपको औपचारिक उद्घाटन गरेका छन् । आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले यस एप उद्घाटन गरका हुन् ।
प्रधानमन्त्री ओलीले यसै एपको क्युआर कोडको प्रयोग गरी नेपाल बैंक लिमिटेडमा खाता खोलेका थिए । उनले एक भर्चुअल कार्यक्रममार्फत एपको उद्घाटन गरी बैंकमा खाता खोलेका हुन् ।
यस्तै, यस एपबाट नागरिकले मतदान, पासपोर्ट, प्रहरी रिपोर्ट, प्यान नम्बर, सवारी साधनको राजस्व तथा शुल्क, आफ्नो जग्गाको लालपुर्जा हेरी करसमेत तिर्न सकिने सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिए । यसबाट आगामी दिनमा लोकसेवाको फर्म भर्ने र सिमकार्ड निकाल्न सक्नेसम्मको काम भइरहेको उनले बताए ।
यसअघि सार्वजनिक गरिएको यस एप करिब पाँच लाखपटक डाउनलोड भइसकेको छ ।
सम्बन्धित













बजारमा ग्यास अभाव, आयात भने नियमित
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया