कोरोना संक्रमण बढेसँगै अमेरिकामा १२५ वर्षदेखि सञ्चालित रेल सेवा बन्द

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा १२५ वर्षदेखि सञ्चालनमा आएको रेल सेवा बन्द हुने अवस्थामा पुगेको छ । सर्वसाधरणको जिन्दगीको एक हिस्सा बनेको रेल सेवा कोरोना महामारीसँगै बन्द हुने अवस्थामा पुगेको समाचारमा जनाइएको छ ।
देशमा कोरोना भाइरस संक्रमण बढेसँगै रेलमा चढ्ने मान्छे कम भएपछि बन्द हुन लागेको रेल सेवा विभागका कर्मचारीले जनाएको छ । १२५ वर्ष लामो इतिहास बोकेको यस रेल सेवा कोरोना महामारीका बीच ६ मे २०२० देखि अस्थायी रुपमा बन्द भएको समाचार जनाइएको छ । महामारीपहिले यस रेलबाट दैनिक ५५ लाखभन्दा बढी मानिसले सेवा लिँदै आएका थिए । कोरोना महामारी सुरु भएपछि दैनिक करिब ४ लाख मानिसले सेवा लिँदै आएका थिए ।
न्यूयोर्क शहरका ट्राञ्जिटमा कार्यरत वरिष्ठ अधिकारी सारा फिनबर्गले भने, ‘महामारीले मेट्रो रेल सञ्चालनमा संकट पैदा भएको थियो, यात्रीको संख्यामा भारी गिरावट आएपछि अस्थायी रुपमा बन्द गर्ने निर्णय भएको हो ।’
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेपछि सुरक्षाका लागि अमेरिकी नागरिकहरूले अन्य सवारी साधनको प्रयोग बढी मात्रामा गरेपछि सार्वजनिक यातायात सेवा जोखिममा परेको हो । एजेन्सी
















सशस्त्रकाजना ६ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया