कञ्चनपुरमा दुईजना कोरोना संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १९ गते १४:०९

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका दुईजना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ ।
अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–७ का ५५ वर्षीया महिला र सोही नगरपालिका १८ का ४७ वर्षीय पुरुष रहेका छन् । महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । अक्सिजनको सहायतामा उपचार भइरहेकै अवस्थामा महिलाको मृत्यु भएको हो ।
यसैगरी, गत वैशाख १४ गते कोरोना सङ्क्रमित भई अस्पताल भर्ना भएका पुरुषको सघन उपचार कक्ष ९आइसियु०मा उपचारका क्रममा आज मृत्यु भएको छ । रासस
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया