भेरी अस्पतालका सूचना अधिकारी डा. रिसाल भन्छन्
‘संक्रमित स्वास्थ्यकर्मी विरामीको सेवामा खटिरहेका छन्’

काठमाडौं । भेरी अस्पतालमा कार्यरत करिब ९० जना कर्मचारी संक्रमित भइसकेको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी एवं फिजिसियन डा. संकेत रिसाल अहिले अस्पतालमा कोरोना खोप लिएकामा समेत संक्रमण देखिएको बताए ।
उनका अनुसार कोरोना संक्रमण देखिएका स्वास्थ्यकर्मीहरु कोरोनाको सामान्य लक्षण देखिएको छ । उनीहरु सेवामा खटिरहेका छन । “यो अस्पताल २ सय बेडभन्दा कमको प्रदेशको संघीय अस्पताल हो, ”उनले भने, “यस अस्पतालमा १४२ बेड त कोभिडका लागि भनेर छुट्याइएका छौं ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओपिडी बन्द गर्न भनेपछि ओपिडी बन्द गरेर सबै बेड कोभिड वार्ड बनाएको उनले जानकारी दिए । उनका अनुसार अस्पतालमा कोरोना देखिएका सबैले खोप लगाएका छन ।
‘कोभिड वार्डमै काम गरिहेका छन् । कुनै लक्षण पनि छैन । तर पिसिआर पोजेटिभ देखिएको छ । जनशक्ति कम हुँदा कोभिड वार्डका चार जना स्वास्थ्यकर्मीहरु २४ सैँ घण्टा वार्डमै बसेर सेवा दिइरहेका छन्,’ उनले भने, “अहिले तीन वटा हल बनाएका छौँ, जसमा एउटा हलमा २४ देखि ३५ बेड रहेका छन्, भने मोनिटरसहितको अक्सिजन रहेका छन् ।” अस्पतालका जुनसुकै विभागमा नन कोभिडको उपचारका लागि आएकाहरुमा पिसिआर गर्दा पोजेटिभ देखिने गरेको छ ।
गत वर्ष थोरै जनशक्ति हुँदा स्वास्थ्य मन्त्रालयले एमबिबिएस लेबलका डाक्टर पठाएको थियो । गत वर्ष प्रदेश सरकारले दिएको जनशक्ति अहिले नियमित काम गरिहेका अस्पतालले जनाएको छ । केही दिनअघि मात्र अस्पतालले कर्मचारी माग गरेको छ ।
जसमा नर्स ४० जनाको माग गरिएको छ । महामारीको समयमा संघीय, प्रदेश र स्थनीय सरकार पनि सक्रिय हुनुपर्ने उनले बताए । अहिलेसम्म भेरी अस्पतालमा एक जना मात्र क्रिटिकलथेरापीका चिकित्सक रहेका उनले जानकारी दिए ।
‘यो कोभिड महामारीको समयमा दुई महिना करारमा आवेदन खुलाउँदा को व्यक्ति सेवा गर्न आउँछ ? ”उनले प्रश्न गरे । महामारीको समयमा सबै मिलेर लडे मात्र महामारी नियन्त्रण गर्न सकिने उनको भनाई छ ।

















सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया