मन्त्री त्रिपाठीले लुम्बिनी प्रदेशमा एमालेलाई धोका दिएकै हुन् त ?

काठमाडौँ । संघिय सरकारमा स्वास्थ्य तथा जनसख्या मन्त्री रहेका हृदयेश त्रिपाठीले लुम्बिनी प्रदेशमा एमालेलाई धोका दिएको आशंका प्रदेशका एमाले नेता तथा कार्यकर्ताले गरेका छन् । नेकपा एमालेको चुनाव चिनह सूर्यबाट २०७४ सालको प्रदेश सभामा चुनाव जितेका लुम्बिनी प्रदेशका दुई सांसद एमालेलार्ई छोडेर माओवादी(काग्रेसको गठबन्धनमा लागेका छन् ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता शंकर पोखरलेको साथ छोडेर उनीहरु माओवादी काग्रेसको गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार रहेका कुलप्रसाद केसीलाई साथ दिएका हुन् । केन्द्रमा स्वास्थ्य मन्त्री रहेका हृदयेश त्रिपाठी समूहका धर्मवहादुर लाल श्रीवास्ताव र अजय शाहीले एमालेको साथ छाडेका हुन् । शाही पश्चिम नवलपरासीबाट निर्वाचित भएका हुन् भने श्रीवास्ताव कपिलबस्तुबाट निर्वाचित भएका हुन् । उनीहरुले आफूहरु सूर्य चिनहबाट चुनाव जिते पनि एमाले नभएको भन्दै माओवादी(कांग्रेस गठबन्धमा लागेको बताएका छन् ।
मन्त्री त्रिपाठीको ग्रिन सिग्नलपछि उनीहरूले सो कदम चालेको लुम्बिनी प्रदेशमा चर्चा छ । यसअघि नेकपा विभाजन हुदा हृदयेश त्रिपाठी नेकपा ओली समूहले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने गरेका थिएनन् । तर सर्वोच्च अदालतले एमाले र माओवादी छुट्टाछुट्टै दलको मान्यता दिएलगत्तै मन्त्री भईराख्ने आकांक्षा सहित उनी नेकपा ओली समूहको संसदीय दलको बैठकमा सहभागी भएका थिए ।
शाही र श्रीवास्तावले एमालेको साथ छोड्दा त्रिपाठीलाई स्वभाविक रुपमा जानकारी हुन्छ । यससँगै मन्त्री त्रिपाठीको केन्द्रमा पनि भूमिका शंकास्पद रहेको आशंका गरिएको छ । यस्तै भूमिका दोहरिए उनको मन्त्री पदबारे सोच्नुपर्ने निश्कर्षमा एमाले नेतृत्व पंक्ति पुगेको छ ।

















समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
जुम्लामा १ हजार २७७ किशोरीलाई एचपिभी खोप दिने
चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
सूर्य नेपाल वेस्टर्न ओपन सुरू: पहिलो दिन ५ गल्फर शीर्षस्थानमा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
प्रतिक्रिया