नेपाल सुपर लिग : ललितपुर र पोखराबीचको खेल गोलरहित बराबरी

काठमाडौँ । नेपाल सुपर लिग ९एनएसएल० अन्तर्गत आज भएको खेलमा ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । खेल बराबरीमा सकिएपछि दुवै टोलीले एक एक अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न खेलमा दुवै टोलीबाट गोल हुन सकेन । मध्यान्तर अघिको खेलमा पोखराले आक्रामक खेल खेलेको थियो । मध्यान्तरपछिको खेलमा ललितपुर पोखरामाथि हावी भएको थियो । दुवै टोली गोल गर्नबाट भने चुके । खेलको आठौँ मिनेटमा पोखराका कप्तान नवयुग श्रेष्ठले गोल गर्ने प्रयास गरेका थिए । उनको प्रहार गोलपोस्ट नजिकैबाट बाहिरिन पुग्यो ।
यस्तै खेलको १४औँ मिनेटमा पोखराका मौसा अब्बाले गरेको प्रहार ललितपुरका गोलकिपर अर्पण कार्कीले रोके । खेलको २०औँ मिनेटमा पोखराका नवयुग श्रेष्ठले अर्को गोल गर्ने अवसर गुमाए । खेलको ३९औँ मिनेटमा पोखराका नितिन थापाको प्रहार गोलकिपर कार्कीले विफल पारेका थिए भने ४२औँ मिनेटमा पोखराका मोउसाले गरेको प्रहार गोलपोष्टबाट बाहिरिएको थियो । मध्यान्तरपछिको खेलमा पनि दुवै टोलीले गोलको प्रयास गरेका थिए ।
खेलको ५१औँ मिनेटमा ललितपुरका अञ्जन विष्टको गोल गर्ने प्रयासलाई विपक्षी खेलाडीले विफल पारे । यसैगरी खेलको ८१औँ मिनेटमा पोखराका मोउसाले गरे गोलको प्रयास असफल भयो । खेलको ८६औँ मिनेटमा ललितपुरका कप्तान अञ्जन विष्टले डिबक्स भित्रबाट गोलको प्रयास गरे । उक्त बल गोलमा भने परिणत हुन सकेन । बराबरी खेलेपछि पोखराको चार खेलमा पाँच अङ्क भएको छ ।
पोखरा लिगको तेस्रो स्थानमा छ । यस्तै ललितपुर चार खेलमा तीन अङ्क जोडेर छैटौँ स्थानमा छ । लिगमा हालसम्मको खेलको परिणामअनुसार धनगढी एफसी चार खेलमा सात अङ्कका साथ शीर्ष स्थानमा छ । बुटवल छ अङ्कका साथ दोस्रो, विराटनगर पाँच अङ्कसहित तेस्रो, काठमाडौँ रेजर्स चार अङ्कसहित पाँचौँ तथा चितवन दुई अङ्कका साथ लिगको पुछारमा छ । रासस


















लेबनान र इजरायलबिच १० दिने युद्धविराम
आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
प्रतिक्रिया