राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान

काठमाडौँ : राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु)को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गरेका छन् ।
यही वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’सम्बन्धी विषयमा प्रवचन दिनुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । भ्रमणका दौरान उनले विभिन्न देशका संसद्का प्रमुखसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौ सम्मेलनमा पनि मन्तव्य दिने कार्यक्रम रहेको छ ।
अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरु सहभागी हुनुहुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली प्रतिनिधिमण्डल यही अगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया