मंगलबार, चैत ५, २०८१

एमालेले संसदीय मूल्य मान्यता र नैतिकलाई तिलाञ्जली दियो : कांग्रेस नेता लेखक

मेरोन्यूज २०७८ वैशाख १९ गते २२:३१

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले लुम्बिनी प्रदेशमा सत्तारुढ दल एमालेले संविधान, विधि, पद्धती, संसदीय मूल्य मान्यता र नैतिकलाई सबैलाई एकैपटक तिलाञ्जली दिएको आरोप लगाएका छन् ।

नेता लेखकले प्रदेशसभालाई छलेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्री बनाउनु संसदीय व्यवस्था र संविधानको बर्खिलापमा भएको टिप्पणी गरे उनले विपक्षमा बहुमत हुँदाहुँदै प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाउन असंवैधानिक कदम भएको बताए।

उनले लुम्बिनी प्रदेशको आजको घटनालाई एमालेको अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावदी चरित्रको संज्ञा दिए ।

‘आज लुम्बिनी प्रदेशमा नेकपा एमालेले नेपालको संविधान, विधि, पध्दती, संसदीय मूल्य, मान्यता, नैतिकता सबैलाई एकै पटक तिलाञ्जली दियो,’ नेता लेखकले भने, ‘यो घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी चरित्र हो ।’

प्रतिक्रिया