एमालेले संसदीय मूल्य मान्यता र नैतिकलाई तिलाञ्जली दियो : कांग्रेस नेता लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले लुम्बिनी प्रदेशमा सत्तारुढ दल एमालेले संविधान, विधि, पद्धती, संसदीय मूल्य मान्यता र नैतिकलाई सबैलाई एकैपटक तिलाञ्जली दिएको आरोप लगाएका छन् ।
नेता लेखकले प्रदेशसभालाई छलेर अल्पमतमा रहेका शंकर पोखरेललाई मुख्यमन्त्री बनाउनु संसदीय व्यवस्था र संविधानको बर्खिलापमा भएको टिप्पणी गरे उनले विपक्षमा बहुमत हुँदाहुँदै प्रदेश प्रमुखले अल्पमतमा रहेका पोखरेललाई मुख्यमन्त्री बनाउन असंवैधानिक कदम भएको बताए।
उनले लुम्बिनी प्रदेशको आजको घटनालाई एमालेको अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावदी चरित्रको संज्ञा दिए ।
‘आज लुम्बिनी प्रदेशमा नेकपा एमालेले नेपालको संविधान, विधि, पध्दती, संसदीय मूल्य, मान्यता, नैतिकता सबैलाई एकै पटक तिलाञ्जली दियो,’ नेता लेखकले भने, ‘यो घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी चरित्र हो ।’

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया