काठमाडौँ महानगरपालिकाको लगानीमा गंगालालमा अक्सिजन उत्पादन शुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको लगानीमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा राखिएको अक्सिजन प्लान्टबाट उत्पादन शुरु गरिएको छ । कामपाले उपलब्ध गराएको करिब रु दुई करोड ७५ लाख लागतमा स्थापना गरिएको प्लान्टबाट आइतबारदेखि अक्सिजन उत्पादन शुरु गरिएको हो ।
उक्त प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिण्डर अक्सिजन उत्पादन गर्न सकिने छ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, तीन डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, एक हजार लिटर क्षमताको एअर ट्याङ्क, दुईवटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् । मुटुको समस्या भएर केन्द्रमा उपचार गर्न आउने बिरामीलाई निःशुल्क अक्सिजन उपलब्ध गराउन महानगरले प्लान्ट स्थापना गरिदिएको हो । यसका लागि महानगर र केन्द्रबीच २०७६ माघ १५ गते शहीद सप्ताहका कार्यक्रम पारेर सहमतिपत्रमा हस्ताक्षर भएको थियो ।
सम्झौताबमोजिम हृदय केन्द्रले प्लान्ट र यससम्बन्धी उपकरण खरिद खुला प्रतिस्पर्धाबाट लिएको हो । प्लान्टको निरन्तर सञ्चालनका लागि पूर्वाधार तयार पार्ने, जनशक्ति खटाउने, विद्युत् प्रणाली जडान गर्ने, जनशक्ति खटाउने तथा मर्मतसम्भार अस्पतालले गर्नेछ । प्लान्ट शुभारम्भपछि कामपाका प्रमुख विद्यासुन्दर शाक्यले यस कार्यले अहिलेको कोरोना महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्दै तत्काल कान्ति बाल अस्पतालमा पनि अक्सिजन प्लान्ट राख्ने तयारी रहेको जानकारी दिए ।
त्यस क्रममा अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणी अधिकारीले एउटै बिरामीको मुटु उपचार र मिर्गौलाको डायलायसिस गर्नुपर्ने अवस्थामा कठिन भइरहेको बताउनुभयो । उनले भने, “गङ्गालालमै डायलायसिस गर्ने उपकरण भइदिए, मुटुको उपचार गराउन आउने बिरामीले डायलायसिस गर्न अर्को अस्पताल जानुपर्ने थिएन । यसका लागि महानगरसँग हामीले अपेक्षा राखेका छौँ ।”
कार्यक्रममा वडा नं ३ का अध्यक्ष दीपक केसीले अबको केही दिनमा कान्तिको प्लान्ट पनि शुरु हुने जानकारी दिए ।

















जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
कराते टोली रुस जाने
बाँकेका महिलालाई मतदाता शिक्षा
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
पोखरा गोल्डकपको उपाधि सहारालाई
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
प्रतिक्रिया