मलाई पनि तिम्रो बिहेमा बोलाउनु है

काठमाडौं । छोड्दिनुस त्यो समाजको ईज्जत् जहाँ तपाइले सकि नसकी ईज्जत् जोगाउने नाममा देखाउनकै लागि एक दिन भोजभतेर अनि फजुल खर्च गरी आफ्नै छोरालाइ बिदेश पठाउनु परेको छ । अनि सबल नहुदै आफ्नै छोरीलाइ इमोसनल ब्ल्याकमेल गरेर अर्कैको घरमा बुझाएर उम्किएको भन्नू परेको छ । एकदिन समाजलाइ देखाउने सोचले गर्ने खर्चिलो बिवाहले तपाईं अनि तपाइको परिवार सधै दुखी बन्नुभएको छ ।
सोच्नुस त, न त तपाइलाई सन्तानको अनुपस्थितिमा चाडपर्व आउँछ न त कमाएका पैसाले खुसी किन्न सक्नुहुन्छ । बरु सन्तान बाकस भरी पैसा ल्याउने सपनाको सट्टा काठको बाकस भित्रै भरिएर आउन सक्छ । बिवाह एक सामाजिक प्रक्रिया हो। बिवाह गर्नैपर्छ।तर समाजले खर्च गरेर गर्ने बिवाहलाई निरुत्साहित गर्नुपर्छ । यदि तपाइँ बुझ्ने मान्छे हो भने आफैले बिवाहमा पनि खर्च कम गर्नुपर्छ र बिवाह गर्न लागेको साथीलाई “मलाई पनि बिवाहमा बोलाउनु है ।” भन्ने वाक्यांश बन्द गर्नुपर्छ। जनवादी बिवाह वा अदालती बिवाहलाइ प्रोत्साहन गर्नुपर्छ । साच्चै नेपाली समाजमा खर्च नै नगरी बिवाह गर्ने प्रणाली सुरु गरि सफल कार्यान्वयन गर्ने हो भने ७०% नेपाली खाडीका मुलुकमा तातो घाम खानपर्ने छैन । बिदेशमा नेपाली कामदार मृत्युको कारण पनि ऋणकै कारणले अनावश्यक मानसिक तनावमा हुनु पनि एक मुख्य कारण हो । परदेश जानू नराम्रो होइन। तर समाजलाइ देखाउन वा इज्जत जोगाउने नाममा खर्च गरेर गरिने भोजभतेरमा लागेको ऋण तिर्न नसकेर बिदेशीनु चाहिँ बिडम्बना हो ।
बिनाखर्च बिवाह गर्ने हो भने हामी सामान्य जनजिवन बिताउदा पनि खुशी पाउन सक्छौं । गाउघरमै कृषि,पशुपालन तथा साना ब्याबसाय गरेर पनि त जिविका चलेकै हुन्छ । ईज्जत् जोगाउन झुट बोलेर आफैलाइ कोहीभन्दा कम छैनौ भन्दै सकि नसकी फजुल खर्च गर्ने प्रवृत्ति रोक्नुपर्छ। जस्ले युबा पलायनलाइ रोक्न सक्छ। बिदेश ऋण तिर्न होइन। पढ्न, सीप सिक्न, अनुभव बटुल्न वा दक्ष भएर केही समय काम गरि लगानी भित्र्याउन बिदेश जाने अनि अन्त्यमा देशमै काम गर्ने अवस्था श्रीजना भएमा सबल नेपाल बन्नेछ । सरकारले यसमा एक नीति बनाउनेतर्फ ध्यान दिनुपर्छ। जस्ले खर्च नगरी बिवाह गर्छ उसलाई प्रोत्साहन गर्न पुरस्कार दिने, सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने, स्वास्थ लागायतका बिमाहरु गरिदिने गर्नुपर्छ । आफूले बिहे गर्दा खर्च बच्न भनेर बिहे चुपचाप गर्ने ? भनेर आरोप म जस्तै अविवाहितलाई लगाउने गर्छन् । म धेरैको विहेमा भोज खान दक्षिणा दिन नगएको होइन । तर समाजमा परिवर्तन सकारात्मक सोचसँगै सकारात्मक परिवर्तन लागि विवाह खर्चबाट बच्नुपर्छ । उक्त खर्च समाजमा सहयोग, सेवाका लागि विकासका लागि गर्नुपर्छ । होइन भने नहुनेले देखाउँन, हुनेले रमाउन खर्च गर्ने प्रवित्तिले नकारात्मक अवस्थामा व्यक्ति, समाज र देशलाई अफ्ट्यारोमा पारेको अवस्था हो ।
जस्ले गर्दा जनतामा खर्च गर्ने बानी निरुत्साहित भइ लगानी जुटाउन बिदेश जान नपर्ने हुन्छ र स्वदेशमै व्यापार ब्यावसाय गर्नेको संख्या बढ्छ । त्यसैले बिनाखर्च बिवाह गरौ । यसो गर्दा मानसिक तनाब समेत कम हुने समाजमा अहिले घटेका सामाजिक समस्याहरु समेत अन्त्य हुनेछन । बाध्यताले परदेश जानुपर्ने प्रवृत्ति बन्द गरौ । यो एकजनाले मात्र होइन समूहमा सबै लाग्नुपर्छ । अनिमात्र परिवर्तनको बाटो खोल्छ । यसमा आफ्नो बिहे हुन लागेकाले बिहे खर्च नगर्न अगाडी बढ्यो भन्ने गर्छन् । यो आरोप मात्र हो । परिवर्तनका लागि क्रान्ति होइन शान्ति हो । विभिन्न राजनितिक दलहरुले विभिन्न नेताहरुले आफ्नो कूर अगाडी ल्याउन दाबी सहित हुलमा उत्रन्छन् । एकले अर्कालाई तर्साउँछन् । यो बैदेशिक रोजगारमा जानेके दुख्ख, विवाह मुख्य कारण, विवाहलाई परिवर्तन गरौं एकजनाको मात्र स्वार्थ होइन समाजमा परिवर्तन ल्याउने अभियान हो ।

लेखक पाण्डे कान्तिपुर टेलिभिजनमा कार्यरत छन्
















जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
प्रतिक्रिया