अक्षय कुमारकाे ‘भूत बंगला’ ले अहिलेसम्म कति कमायाे ?
मेरोन्यूज
२०८३ वैशाख १८ गते १५:१६

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स अफिसमा राम्राे प्रदर्शन गरेकाे छ । अप्रिल १७ मा हलहरूमा रिलिज भएकाे फिल्मले १४ दिनमा कुल २०४.४० करोड भारु कमाइ गरेकाे छ ।
‘भूत बंगला’ ले घरेलु बजारसँगै विदेशमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेको छ। अहिलेसम्म ओभरसिज मार्केटबाट फिल्मले करिब ५२.२५ करोड रुपैयाँ कमाइसकेको छ।
फिल्मले गल्फ देशहरूमा सबैभन्दा राम्रो व्यापार गरिरहेको छ, जहाँ यसले अहिलेसम्म ११.२५ करोड कमाएको छ। अमेरिकामा लगभग ८.१२ करोडकाे संकलन गरेकाे छ।
यस्तै बेलायतमा ४.३७ करोड, अष्ट्रेलियामा २.०८ करोड, नेपालमा १.०४ करोड र अन्य देशहरूमा २.९१ करोड कमाएको छ।
सिनेमाघर प्रदर्शनपछि फिल्मलाई नेटफ्लिक्समा रिलिज गरिने निर्माण टिमले जनाएको छ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया