मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २० गते १३:५४

काठमाडौंँ । देशमा कोरोना भाइरस (कोभिड–१९)को महामारी तीव्र गतिमा बढेसँगै सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा अन्य समसामयिक विषयमा निर्णय लिन सरकारले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाँकेको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना रहेको एक मन्त्रीले मेरोन्युज डटकमलाई जानकारी दिए । मन्त्रिपरिषद्को बैठक बस्नेबारे मन्त्रीहरूलाई दिउँसो १ः३० बजेमात्रै खबर आएको ती मन्त्रीले बताए ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गतेका लागि प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफरिस गर्ने, आन्तरिक हवाई उडान बन्द गर्ने र राष्ट्रिय जनगणना स्थगित गर्नेलगायतका निर्णयहरू गरेको थियो ।
यो पनि पढ्नुहोस्
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया