गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न मन्त्रिपरिषद्को सिफारिस
गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस
मेरोन्यूज
२०७८ वैशाख २० गते १६:४८
काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई हटाउन लागेको छ । त्यसका लागि आज बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा प्रमुख शर्मिला त्रिपाठी प्रदेश प्रमुख थिए । दुवै माओवादी कोटामा प्रदेश प्रमुख नियुक्त भएका थिए ।
नेकपा हुँदा सरकारले शेरबहादुर देउवाले नियुक्त गरेको प्रदेश प्रमुखलाई हटाएर आफ्ना निकटलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो । त्यस क्रममा माओवादी धारबाट गण्डकीमा शेरचन र सुदुरपश्चिममा त्रिपाठीले नियुक्ति पाएका थिए ।
सरकारले उनीहरु दुवैलाइ हटाएर गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गर्न राष्ट्रपतिसमक्ष निर्णय लिएको एक मन्त्रीले जानकारी दिएका छन् ।
सम्बन्धित

















निर्माणाधीन सडकमा दुर्घटनाको जोखिमः सचेतना बोर्ड राख्दै प्रहरी
उसु टोली चीन जाने
आधारभूत प्राथमिक उपचार तालिम सञ्चालन गर्न सहकार्य
Chitwan and Koshi face severe blood crisis, Red Cross appeals for blood donation
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया