देशभर ७४४८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख २० गते १७:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ४४८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर १६ हजार १७६ परीक्षण गर्दा ७ हजार ३८८ जनामा कोरोना देखिएको छ । भने ५१८ एन्टिजेन परीक्षण गर्दा ६० जनामा कोरोना देखिएको छ । दुवै परीक्षणबाट ७ हजार ४४८ जनामा कोरोना पुष्टि भएको छ ।
सोही अवधिमा ३७ जनाको मृत्यु भएको छ । भने पछिल्लो २४ घण्टामा २ हजार २१ जना कोरोना निको भएर घर फर्किएका छन ।
जसमा काठमाडौँ उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।
सम्बन्धित
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
प्रतिक्रिया