आइसोलेशनसहितको अस्पताल निर्माण गर्न काठमाडौं महानगरद्धारा समिति गठन

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेशनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरेको छ ।
समिति सदस्यमा वडा नं ६ का अध्यक्ष दीपेन्द्र लामा, ७ का अध्यक्ष शुद्धकुमार डङ्गोल, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, ३० का अध्यक्ष दलबहादुर कार्की, ३१ का अध्यक्ष नारायण भण्डारी छन् ।
कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार बसेको ६१औं कार्यपालिका बैठकमा ‘कोभिड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा छलफल गरी कोभिड अस्पताल सञ्चालनमा जोड दिइएको हो ।
समितिले आइसोलेसन सञ्चालन वडा तहबाट गर्ने कि महानगर तहबाट गर्ने, बिरामीलाई अक्सिजन मात्र दिएर सामान्य उपचार गर्दा हुने र जटिल स्वास्थ्य समस्या भएकालाई उपचार गर्न आवश्यक उपकरणसहितको उपचारकक्ष निर्माण गर्ने विषयमा सिफारिश गर्नेछ ।
कामपाले तर्जुमा गर्ने महामारी नियन्त्रण कार्यक्रममा डा गणेश गुरुङ, डा अर्जुन कार्की, डा अनुप सुवेदी र डा शरद् वन्तलाई स्वास्थ्यविज्ञका रूपमा आमन्त्रण गर्ने बैठकले निर्णय गरेको छ ।
त्यस क्रममा वडाध्यक्षहरु दलबहादुर कार्की, नीलकाजी शाक्य, शुद्धकुमार डङ्गोल, दीपेन्द्र लामा र दीपक केसीले महामारी व्यवस्थापन गर्न वडा तहबाट कठिन हुँदै गएको बताएका थिए ।
बैठकले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) स्थानीय समिति गठन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि–२०७८’ र ‘छात्रवृत्ति कार्यविधि–२०७८’ तर्जुमा गर्न सहमति दिएको छ ।
यस्तै छत्रपाटी निःशुल्क चिकित्सालय र ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको भवन नक्सा पास दस्तुर मिनाहा गर्ने निर्णय गरेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया