कोरोनाविरुद्ध दुवै डोज खोप लगाएकी भण्डारीको मृत्यु

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)विरुद्धको दुवै डोज खोप लगाएकी बागलुङ जिल्लाको ताराखोला गाउँपालिकाकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–३ की ३० वर्षीया तेजमाया भण्डारी परियार रहेकी छन् ।
गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेकी उनको कोरोना संक्रमण हुँदा उपचारका क्रममा मृत्यु भएको हो । उनको धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
कोरोनाको लक्षण देखिएपछि भण्डारीलाई गत १८ गते अस्पतालमा भर्ना गरिएको थियो । उनको १९ गते कोरोना संक्रमण पुष्टि भएको र सोमबार राति अस्पतालको आइसियुमै उपचारका क्रममा मृत्यु भएको छ ।
उनको अक्सिजनको मात्रा जम्मा ५० मा पुगिसकेको थियो । अस्पतालमा आइसियुमा राखेर उपचार गर्दा पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको थिएन ।
उनले दुवै चरणको कोरोनाविरुद्धको खोप लगाएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापाले बताए । काठेखोला गाउँपालिका ३ धम्जा माइत भएकी उनले अन्र्तजातीय विवाह गरेकी हुन् ।
उनी नेकपा माओवादी केन्द्रबाट ताराखोला वडा नम्बर ३ बाट वडा सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् ।
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया