हेटौँडामा कोरोनाबाट एक महिलाको मृत्यु

हेटौँडा । कोभिड–१९ संक्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो । मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताए ।
योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो ।










एमालेमा मन र मत मिलाउने प्रयास
मादी नदीमा महिलाको शव फेला
कांग्रेस केवल पार्टी होइन, देश सम्हाल्ने राष्ट्रिय शक्ति हो : गगन थापा
लेखराज भट्टले भने– फेरि सचिवमा लड्दिनँ
भागेका ७० प्रतिशत कैदी कारागार फिर्ता भइसके : गृहमन्त्री अर्याल
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया