तीन हजार भाइल रेम्डेसिभिर आज काठमाडौँ आइपुग्ने

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)का जटिल बिरामीलाई प्रयोग हुने रेम्डेसिभिर औषधि तीन हजार भाइल बंगलादेशबाट आज काठमाडौँ आइपुग्ने भएको छ । औषधि आयात गर्ने संस्था ‘हाम्रो मेडी कन्सर्न’का निर्देशक शम्भु कार्कीले आज बेलुकासम्म ती औषधि काठमाडौँ आइपुग्ने जानकारी दिए ।
उनले भने, ‘बंगलादेशबाट ल्याउन अनुमति पाएको २० हजार भाइलमध्ये आज तीन हजार भाइल रेम्डेसिभिर काठमाडौँ आइपुग्ने छ ।” उनका अनुसार उक्त औषधि कोरोनाको उपचार गर्ने अस्पतालको फार्मेसीहरूमा दिइनेछ । सो औषधी ५ हजार १ सय रुपैयाँमा पाइने छ ।
औषधि व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै रेम्डेसिभिर औषधिको व्यापक कालोबजारी मौलाएको गुनासो आएपछि तोकिएको मूल्यभन्दा बढी लिएर बिक्री वितरण नगर्न चेतावनी दिएको थियो । गत २२ चैतमा औषधि व्यवस्था विभागले हाम्रो मेडी कन्सर्नलाई २० हजार भाइल र आयान हेल्थ केयर प्रालिलाई १० हजार भाइल रेम्डेसिभिर ल्याउन अनुमति दिएको थियो ।
ती कम्पनीहरूले क्रमशः बेक्सिम्को फर्मास्यिुटिकल्स र इन्सेक्ट्रा बंगलादेशबाट औषधि ल्याउने अनुमति पाएका थिए ।
















गाजामा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणमा ६ जनाको मृत्यु
मिथिलामा जानकी नवमीको उल्लास
सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड
विश्वकप लिग-२: यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
प्रतिक्रिया