माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक वस्दैछ । प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ मा विश्वासकोम त लिने गरी संसदको विशेष अधिवेशन बोलाएको सन्र्दभमा पार्टीले प्राविधिक रुपमा मात्र केपी ओली नेतृत्वको सरकारलाई दिईरहेको समर्थन के गर्ने र ओलीले लिन चाहेको विश्वासको मतलाई कसरी असफल पार्ने भन्नेमा केन्द्रीत रहेर माओवादी बैठकमा छलफल हुने बताईएको छ ।
बैठक अहिले केही बेर पछि अर्थात ३ बजेपछि पार्टी मुख्यालय पेरिसडाडामा बस्ने गरी तय भएको स्थायी समिति सदस्य गणेश साहले बताए ।
केपी ओली नेतृत्वको सरकार लाई राजनीतिक रुपमा समर्थन माओवादीले एमाले माओवादी ब्यूतिए देखि नै दिएको छैन । मात्र ओलीले फेरि संसद विघटन गरेर चुनाव घोषणा गर्ने र चुनाव पनि नगराई मुलुकलाई नै पञ्चगमनतिर लैजान सक्ने राजनीतिक विश्लेषणका आधारमा मात्र उसले समर्थन फिर्ता लिएको घोषणा औपचारिक रुपमा गरेको थिएन । यससम्वन्धमा निर्णय लिन माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई जिम्मा दिईसकेको छ ।
बैठकमा उपलब्ध स्थायी समिति सदस्यलाई मात्र बोलाइएको छ । कतिपय नेताहरु जिल्ला वाहिर रहेकोले पनि जिल्ला वाहिर रहेकालाई छोडेर काठमाडौंमा रहेका स्थायी समिति सदस्यलाई मात्र बैठकका लागि निम्तो पठाईएको साहको भनाई छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेकाले काठमाडौंमा उपलब्ध स्थायी कमिटी सदस्यलाई मात्र बैठकमा बोलाइएको साहले जानकारी दिए ।










सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ
ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रास्वपा सभापति रवि लामिछाने रिहा
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
प्रतिक्रिया