कोठामा अचेत भेटिएका एकको मृत्यु, दुईको अवस्था चिन्ताजनक
मेरोन्यूज
२०७८ वैशाख २१ गते १८:०३
काठमाडौँ । सूर्यविनायकमा एउटा कोठामा अचेत रहेका तीनमध्ये एकको मृत्यु भएको छ । यस्तै, दुईको अवस्था गम्भीर रहेको छ ।
काभ्रेपलाञ्चोक तिमाल गाउँपालिका–३ गुडुवाल घर भई हाल सूर्यविनायक–१० मिलनचोक डेरा गरी बस्ने २२ वर्षीया सुनिता तामाङको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
एउटै कोठामा अचेतावस्थामा भेटिएकामध्ये मृतककी आमा ४० वर्षीया शान्तिमाया ब्लोन र बहिनी १८ वर्षीया अनिताको भने मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा अनिता सुत्केरी भएको र कोठाका झ्याल, ढोका सबै लगाएर उनलाई सेकताप गर्न मकलमा बालिएको कोइलाका धुवाँका कारण राति अक्सिजन अभावमा अचेत भएको हुन सक्छन् ।
सम्बन्धित












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया