केपी ओलीलाई विश्वासकाे मतमा असफल बनाउने कांग्रेसकाे निर्णय (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीलाई विश्वासकाे मतमा फेल बनाउने निर्णय गरेकाे छ । सभापति शेरबहादुर देउवा निवासमा आज बसेकाे पदाधिकारी र पूर्वपदाधिकारीसहितकाे बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासकाे मतमा असफल बनाउन पहल गर्ने निर्णय गरेकाे हाे ।
त्यसका लागि अन्य दलसँग पनि छलफल गर्ने निर्णय भएकाे बैठकपछि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। वैशाख २७ गते संसदमा प्रधानमन्त्रीले विश्वासकाे मत लिँदा कांग्रेस त्यसकाे विपक्षमा उभिने उनकाे भनाइ थियाे ।
संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक– देउवा
त्यस्तै कांग्रेसले सरकारले संसद छलेर अध्यादेश ल्याएकाेमा पनि भत्सर्ना गरेकाे छ । केन्द्रकाे निर्देशनमा प्रदेशमा अल्पमतमा पुगेपछि पनि मुख्यमन्त्री राख्ने काम गरेर संवैधानिक मान्यता भत्काउने काम भएकाे भन्दै त्यसमा पनि कांग्रेसले आपत्ति जनाएकाे छ ।
बैठककाे निर्णय सार्वजनिक गर्दै सहमहामन्त्री प्रकाशशरण महत
















केही भूभागमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना
विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती
वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र अनिवार्य रुपमा राख्न अनुरोध
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
कलाकार सागर लम्साल (बले) पक्राउ
प्रतिक्रिया