संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने सरकारको कार्यशैली घोर आपत्तिजनक– देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैली घोर आपत्तिजनक रहेको जनाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रेस वक्तव्य जारी गरी संसद्को बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा धमाधम अध्यादेश जारी गरिनु आपत्तिजनक रहेको बताएका हुन् ।
कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलगायत ७ अध्यादेश ल्याउने सरकरको निर्णयको घोर भत्र्सनासमेत गरेको छ । आजै राष्ट्रिपति विद्यादेवी भण्डारीले सात अध्यादेश जारी गरेकी छिन् ।
राष्ट्रपतिले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ) पहिलो संशोधन, यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने, औषधि (तेस्रो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन) तथा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी हुन् ।
संसद्को गत अधिवेशनमा पेश भएका ती अध्यादेश कार्यसूचीमा परे पनि छलफल हुन नसकेपछि सरकारले पुनः अध्यादेश ल्याएको हो । अध्यादेश जारी भएको मितिले छ महिनाभित्र संसद्बाट पारित हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया