प्रहरी अस्पतालले जोखिम मोल्दै राम्रो काम गरेको छ – महानिरीक्षक थापा क्षेत्री

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालले जोखिम मोल्दै राम्रो काम गरेको बताएका छन् ।
नेपाल प्रहरी अस्पतालले युएनओपिएसको सहयोगमा निमार्ण गरेको ‘डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम’को निरीक्षण गर्दै उनले यस्तो जोखिमपूर्ण अवस्थामा समेत नेपाल प्रहरी अस्पतालले राम्रो काम गरेका बताएका हुन् ।
उनले भने, ‘आगामी दिनमा समेत चुनौतीलाई अवसरको रुपमा लिएर चनाखो भई इमान्दारीपूर्वक काम गर्नुपर्छ ।’
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अक्सिजन सिस्टम निर्माणमा सहयोग पु¥याउने (युएनओपिएस)लाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार पद्धति तुलनात्मक रुपमा अझै राम्रो हुने विश्वास व्यक्त गरे ।
अस्पतालको सेवालाई उत्कृष्ट बनाउन सबैले आआफ्नो क्षेत्रबाट सक्रिय हुनुपर्ने र यसका लागि प्रहरी प्रधान कार्यालयको पूर्ण साथ र सहयोग कायम रहने महानिरीक्षक थापाको भनाइ छ ।
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
संसदका दुवै सदनको अधिवेशन आह्वान
नेपाल ‘ए’ ओमानसँग पराजित
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
प्रतिक्रिया