स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ ।
स्वास्थ्यचौकीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्यचौकी इन्चार्ज शिवबहादुर केसीले बताए ।
उनका अनुसार स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि फैलावट रोक्न अन्य कर्मचारी कन्ट्याक्ट ट्रेसिङका लागि क्वारेन्टिनमा बस्नुपरेकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको हो ।
गाउँपालिकाको सेवा वैशाख मसान्तसम्म बन्द
यसैगरी गाउँपालिकाको सेवा वैशाख मसान्तसम्मका लागि बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै गाउँपालिकाले मङ्गलबार सूचना जारी गरी वैशाख २२ गतेदेखि ३१ गतेसम्म सेवा बन्द गरिएको जनाएको छ ।
गाउँपालिकामा सङ्क्रमण तीव्रगतिमा फैलिरहेकाले गाउँपालिका कोभिड–१९ व्यवस्थापन समितिको निर्णयानुसार गाउँपालिका तथा नौवटै वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्म जारी गरेको निषेधाज्ञा आदेशानुसार गर्ने गरी अत्यावश्यकबाहेकका सबै बन्द गरिएको हो ।
औषधि एवं स्वास्थ्य सामग्रीका पसल २४ सै घण्टा सञ्चालन हुने र दैनिक उपभोग्य खाद्यान्न, तरकारी, फलफूलका पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन हुनेछ ।
स्वास्थ्य, सुरक्षा, विद्युत, खानेपानी, औषधि तथा औषधिजन्य सामग्री बिक्री वितरणलगायतका अत्यावश्यक सेवा तथा कार्य गर्नेबाहेकका अन्य सेवा बन्द गरेको गाउँपालिकाले जनाएको छ ।










राजेन्द्र गौतमले लिए उम्मेदवारी फिर्ता
आजदेखि बाघ गणना हुँदै
रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै
विदेशमा पढ्नका लागि बाहिरियो ४२ अर्ब ९६ करोड
काँग्रेसद्वारा प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया