भारतका प्रधानमन्त्री मोदीलाई प्रश्न : बेड र अक्सिजन कहिले आउँछ ?

काठमाडौँ । हिन्दुहरूको पवित्र धार्मिक स्थल भारतको वाराणसीमा कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर देखा परेको छ । कोरोना फैलिएसँगै यस स्थानका सर्वसाधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अस्पतालमा बेड र अक्सिजन कहिले आउने भनेर प्रश्न सोधेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको जन्म स्थानसमेत रहेको वाराणसीमा स्वास्थ्य सुविधा अत्यन्तै न्यून रहेको समाचारमा जनाइएको छ । कोरोना संक्रमितहरूले अस्पतालमा बेड पाएका छैनन् । यस्तै, अक्सिजन दिनु पर्ने विरामीहरूले अक्सिजन पाएका छैनन् । एम्बुलेन्स सेवा पाएका छैनन् भने कोरोना भएका व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेको छ ।
वाराणसीमा पछिल्लो १० दिनदेखि कोरोनालाई आवश्यक पर्ने कुनै पनि औषधिलगायत सामाग्री सकिएको समाचारमा जनाइएको छ । सोही क्षेत्रको एक अस्पतालमा कार्यरत कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अस्पतालमा बेड र अक्सिनजको अभाव भएको छ, विरामी राख्नु पर्यो भन्दै धेरै फोन आएको छ तर, हामी केही गर्न सक्ने अवस्था छैनौँ ।’ एजेन्सी













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया