भारतका प्रधानमन्त्री मोदीलाई प्रश्न : बेड र अक्सिजन कहिले आउँछ ?

काठमाडौँ । हिन्दुहरूको पवित्र धार्मिक स्थल भारतको वाराणसीमा कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहर देखा परेको छ । कोरोना फैलिएसँगै यस स्थानका सर्वसाधरणले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अस्पतालमा बेड र अक्सिजन कहिले आउने भनेर प्रश्न सोधेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको जन्म स्थानसमेत रहेको वाराणसीमा स्वास्थ्य सुविधा अत्यन्तै न्यून रहेको समाचारमा जनाइएको छ । कोरोना संक्रमितहरूले अस्पतालमा बेड पाएका छैनन् । यस्तै, अक्सिजन दिनु पर्ने विरामीहरूले अक्सिजन पाएका छैनन् । एम्बुलेन्स सेवा पाएका छैनन् भने कोरोना भएका व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट आउन हप्ता दिन लाग्ने गरेको छ ।
वाराणसीमा पछिल्लो १० दिनदेखि कोरोनालाई आवश्यक पर्ने कुनै पनि औषधिलगायत सामाग्री सकिएको समाचारमा जनाइएको छ । सोही क्षेत्रको एक अस्पतालमा कार्यरत कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘अस्पतालमा बेड र अक्सिनजको अभाव भएको छ, विरामी राख्नु पर्यो भन्दै धेरै फोन आएको छ तर, हामी केही गर्न सक्ने अवस्था छैनौँ ।’ एजेन्सी
















इरान युद्धले विश्व अर्थतन्त्रमा दबाब
लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
इरान युद्ध अन्त्यका लागि अमेरिकी वार्ता टोली शनिबार पाकिस्तान प्रस्थान
गैरीगाउँको सुकुमबासी बस्ती खाली गरियो
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
प्रतिक्रिया