आफूविरुद्ध समाचार प्रकाशित भएपछि लुम्बिनी प्रदेशसभा सदस्यले दिए राजीनामा
मेरोन्यूज
२०७८ वैशाख २२ गते १५:१३

काठमाडौँ । नेकपा एमालेको चुनाव चिह्नबाट दाङको निर्वाचन क्षेत्र नं २ (ख)बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका अमरबहादुर डाँगीले राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री शंकर पोखरेलको साथ छाडेर नेकपा माओवादी केन्द्रको उम्मेदवारका पक्षमा उभिएको भन्दै समाचार सार्वजनिक भएको थियो ।
समाचार सार्वजनिक भएपछि प्रदेशसभा सदस्य डाँगीले आज प्रदेशसभा सचिवालयलाई राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचीव दुर्लभ कुमार पुनका अनुसार उनले संविधानको धारा १८० को (क)अनुसार राजीनामा दिएका हुन् । उनको राजीनामालाई सभामुखले प्रक्रिया अगाडि बढाएका छन् ।
घोराही उपमहानगरपालिकाका पूर्व मेयरसमेत रहेका डाँगी यअसघि एमालेभित्र माधवकुमार नेपाल पक्षका मानिन्थे ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया