आइसीयूमा रहेका ६ सय संक्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा उपचाररत

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर आइसीयूमा रहेका ६ सय सङ्क्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइसीयूमा रहेका ६ सय संक्रमितमध्ये १ सय ५६ जना भेन्टिलेटरमा उपचाररत रहेका बताए ।
पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोनाका कारण आज ५८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर ६६ हजार ३५२ सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ४ हजार ७६४ संस्थागत आइसोलेसनमा छन् भने ६१ हजार ५८८ होम आइसोलेसनमा छन् ।













एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
कांग्रेस विशेष महाधिवेशन : उम्मेदवारी दर्ता आज
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया