चरीकोटमा अत्याधुनिक पिसिआर प्रयोगशाला शुरु

काठमाडाैं । दोलखा जिल्लामा पहिलो पटक कोरोना भाइरसको परीक्षण गर्न पिसिआर परीक्षणका लागि प्रयोगशाला शुरु भएको छ । दोलखा, भीमेश्वर नगरपालिकास्थित चरीकोट अस्पतालमा आज प्रयोगशालाको उद्घाटन गरेर परीक्षण शुरु गरिएको हो ।
प्रयोगशाला २४ घण्टा चलाउँदा ५०० सम्म स्वाब परीक्षण गर्ने क्षमता छ । दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरिएको वाग्मती प्रदेश, जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा नारायणबहादुर कार्कीले जानकारी दिए ।
सो प्रयोगशालामा दोलखा नजीकका रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट पनि स्वाब संकलन गरेर ल्याउन सकिने बताइएको छ । चरीकोटमा प्रयोगशाला शुरु गरिएसँगै वाग्मतीअन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि काभ्रेपलाञ्चोक, नुवाकोट, भक्तपुर, मकवानपुर र सिन्धुलीमा प्रयोगशाला सञ्चालनमा छन् ।
प्रयोगशाला निर्देशक डा कार्कीका अनुसार त्यहाँ प्रयुक्त यन्त्र अहिलेसम्म बनेका मध्ये राम्रो मानिएको छ । यहाँ राखिएको यन्त्रमा पिसिआर मात्रै नभई अरु विभिन्न रोगको पनि परीक्षण गर्न सकिने डा कार्कीको भनाइ थियो । प्रयोगशालामा माइक्रोबाइलोजिष्टसहितको जनशक्ति अहिले भए पनि नपुग्ने भएकाले प्रदेश सरकारसँग माग गरिएको डा कार्कीले बताए ।
थप जनशक्ति प्रदेश सरकारले पठाउने वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पिसिआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए । मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला सञ्चालनमा ल्याएको जनाउँदै उनले अहिले न्यूनतम जनशक्ति भए पनि थप प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गरिने बताए ।
















दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
युक्रेनमा रूसी आक्रमण जारी, दुई जनाको मृत्यु, २१ घाइते
पर्वतमा चट्याङ लागेर एक महिलाको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
प्रतिक्रिया