वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउने एक अध्ययनकाे निष्कर्ष

वासिङ्टन । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।
मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् । अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ । बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निश्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुले दावी गरेका छन् ।
अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागीता रहेको थियो । “विगतमा भएका अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्वन्ध देखेका छौँ,” अध्ययनका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी)ले भने ।
दुई पक्षको सम्वन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफूले भेटेको उनले बताए । लामो र छोटो अवधिमा अध्ययन पनि गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि विश्लेषण गरिएको छ । अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए ।

















गोरखामा बसको ठक्करबाट बृद्धाको मृत्यु
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
प्रतिक्रिया