वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुको रोग बढाउने एक अध्ययनकाे निष्कर्ष

वासिङ्टन । वायु प्रदूषणले बालबालिकामा उच्च रक्तचाप र मुटुसम्वन्धी रोगको खतरा बढाउने अमेरिकन हर्ट एसोसिएसनकोे एक अध्ययनले देखाएको छ । सो एसोसिएसनले प्रकाशन गर्दै आएको जर्नलमा हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा बालबालिकालाई पर्ने असर बढी चिन्ताको विषय भएको उल्लेख गरिएको छ ।
मुटुसम्वन्धी समस्याका कारण अस्पतालमा आएका बालबालिकामा वायु प्रदूषणको असर धेरै देखिएको अध्ययनकर्ताले बताएका छन् । अध्ययनमा अमेरिका, चीन र युरोपेली मुलुकलगायतका देशका बालबालिका माथिको अध्ययनमा पनि समेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बालबालिकामा उच्च रक्तचापका कारण तनावसम्वन्धी समस्या र मुटुसम्वन्धी समस्या देखिने गरेको अध्ययनकर्ताको भनाइ छ । बालबालिकासम्वन्धी १४ ओटा अध्ययनलाई एकीकृत गरी यो निश्कर्ष निकालिएकाले तुलनात्मकरुपमा यो अध्ययनको गुणस्तर उच्च रहेको उनीहरुले दावी गरेका छन् ।
अध्ययनमा पाँच वर्ष चार महिनादेखि १२ वर्ष सात महिनासम्मका तीन लाख ५० हजार बालबालिकाको सहभागीता रहेको थियो । “विगतमा भएका अध्ययनमा बालबालिकाको स्वास्थ्य र वायु प्रदूषणको सम्वन्धका बारेमा हामीले शुक्ष्म विश्लेषण गरेका हौँ, त्यसबाट हामीले यी दुई पक्षका बीचमा प्रत्यक्ष र घनिष्ट सम्वन्ध देखेका छौँ,” अध्ययनका एक जना लेखक तथा लण्डनको किङ्गस कलेजका प्राध्यापक याओ लु (पिएचडी)ले भने ।
दुई पक्षको सम्वन्ध प्रष्ट पार्ने धेरै प्रमाण आफूले भेटेको उनले बताए । लामो र छोटो अवधिमा अध्ययन पनि गरिएको थियो । त्यसैगरी बिहान, दिउसो, साँझ र रातिमा पर्ने असरका बारेमा पनि विश्लेषण गरिएको छ । अहिले विश्लेषण गरिएका विगतका अध्ययन सन् २०२० को सेप्टेम्बर ६ देखि प्रकाशित भएका थिए ।










जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गुर्खाजसँग जनकपुर पराजित
प्रधानाध्यापक र अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निर्वाचनको सफलतामा लोकतान्त्रिक भविष्य र संवैधानिक यात्रा निर्भर छः प्रधानमन्त्री कार्की
स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
एनपिएलको तयारी पूरा
प्रतिक्रिया