गण्डकीका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा २७ वैशाखमा मतदान

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा अब वैशाख २७ गते मतदान हुने भएको छ ।
राष्टिय जनमोर्चाका सांसद खिमविक्रम केसी मतदानका बेला सम्र्पक विहिन भएपछि सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगन गरिदिएका थिए ।
त्यहा राष्टिय जनमोर्चा निर्णायक छ । उसका तीन जना सासद छन् । जसमध्ये एक जनाले मात्रै मत दायाँवाया गरेभने मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावको रिजल्ट पनि दायाँवायाँ नै हुने अवस्था छ ।
एकाएक सांसद सम्र्पकमा नरहेको भन्दै सभामुखले बैठक स्थगन गरेपछि मुख्यमन्त्री भने असन्तुष्ट थिए । त्यसपछि बैठक कहिले राख्ने भन्नेमा दलहरुका वीचमा मत मिल्न सकेको थिएन ।
विहिवार प्रदेश सभाको
कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गतेका लागि अविश्वास प्रस्तावमाथी मतदान गर्ने गरी बैठक राख्ने प्रस्ताव गरेका थिए ।
एमालेले २८ र विपक्षी दलहरुले २६ गते नै बैठक बस्नुपर्ने बताएपछि सभामुखले २७ गते प्रस्ताव गरेका हुन् । त्यसमा दलहरु सहमत भएका छन् ।
मुख्यमन्त्री विरुद्ध काग्रेस, माओवादी, जसपा र राष्टिय जनमोर्चाले महागठवन्धन बनाएका छन् ।
१५ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान गर्ने कार्यसूची थियो । तर राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भए । जनमोर्चाकी सचेतक पियारी थापाले बैठक रोक्न माग गर्दै निवेदन दिएपछि सभामुखले सूचना टाँसेर अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरेका थिए ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया