पछिल्लो २४ घण्टामा थपिए ९ हजार ७० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो चौविस घण्टामा देशभर थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा शभर थप ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् । जुन संख्या नेपालमा कोरोना संक्रमण सुरुभए यताकै सबैभन्दा बढी हो ।
सोही अवधीमा थप ५४ जना संक्रमितको मृत्यु भएको छ । हिजो सबैभन्दा बढी ५८ जनाको निधन भएको थियो । त्यसैगरी थप २ हजार ७०७ जना भने निको भई घर फिर्किएका छन् । अहिले निको हुने दर ७९.४ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार २० हजार ३ सय ६७ जनाको पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ८ हजार ९ सय ७० जना र ७७५ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय जना गरी थप ९ हजार ७० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।














गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
कांग्रेस केन्द्रीय समिति छिटो अद्यावधिक गर्न गगन समूहकाे माग
मकवानपुरमा निर्वाचन प्रहरीका लागि दुई हजार बढीको आवेदन
एमालेको राजधानी विशेष कमिटीको घोषणा
रवि लामिछानेको मुद्दा फिर्ता गर्ने निर्णयमा बारको आपत्ति
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रतिक्रिया