विद्युत् प्राधिकरणको खरिपाटी तालिम केन्द्रमा आइसोलेशन केन्द्र बनाउन प्रस्ताव

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा कोभिड–१९बाट सङ्क्रमितको उपचारका लागि आइसोलेशन केन्द्र निर्माणका लागि सरकारलाई आग्रह गरेको छ ।
सरकारले गतवर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएको चीनको हुबेइ प्रान्तबाट नेपालीलाई स्वदेश फर्काएर प्राधिकरणको खरिपाटीस्थित तालिम केन्द्रलाई क्वारेन्टिन बनाएर १४ दिनसम्म त्यहाँ राखेको थियो ।
तालिम केन्द्रको पूर्वाधारलाई मुलुकलाई आवश्यक परेको बेला प्रयोग गर्ने सकिने भएकाले आइसोलेशन सेन्टर निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सरकारसमक्ष प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी दिए ।
उनका अनुसार प्राधिकरणका कर्मचारी सङ्क्रमित भएमा उनीहरूलाई राख्नका लागि प्राथमिकता दिँदै कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले तोकेको निकायलाई तालिम केन्द्रको पूर्वाधार आइसोलेशनका रूपमा प्रयोग गर्न प्रस्ताव गरिएको हो ।
“तालिम केन्द्र परिसरभित्रका भवनमा रहेका ६६ वटा कोठामा १३३ वटा बेड राख्न सकिन्छ, गतवर्ष राखिएका बेड पनि त्यहाँ छन्, त्यसमा थप ५० बेड राखी आवश्यक डस्ना, तन्नाजस्ता सामग्रीको जोहो गरे पुग्छ”, उनले भने । तालिम केन्द्रमा सिसिटिभी पनि जडान गरिएको छ ।
बिरामीलाई अक्सिजन आवश्यक परेमा कोठामा सिलिण्डरसमेत राख्न सकिन्छ । आपत्कालीन विद्युत् आपूर्तिका लागि डिजेल जेनेरेटर चालू अवस्थामा छन् । तालिम केन्द्रमा रहेको भवन नं १ मा २६ कोठा छन् त्यहाँ २४ वटा वेड राख्न सकिन्छ । भवन नं २ मा २६ कोठा छन्, त्यहाँ ७८ वटा वेड राख्न सकिन्छ ।
स्टाफ क्वाटर भवनमा ११ कोठा छन् । त्यहाँ २८ वटा बेड राख्न सकिन्छ । यसैगरी, क्वाटर भवनका ३ कोठामा ३ वटा वेड राख्न सकिन्छ । अक्सिजन उद्योगलाई निरन्तर बिजुली प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगलाई निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरेको छ ।
कार्यकारी निर्देशक शाक्यले बिजुली गएमा तत्कालै प्राधिकरणको जनसम्पर्क अधिकृत वा नजिकको शाखामा जानकारी गराउन सबै अक्सिजन उद्योगलाई खबर गरिएको बताए । उनले भने, “विद्युत् वितरण केन्द्रहरूलाई पनि अक्सिजन उद्योगमा विद्युत् नजाने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका छौँ, केन्द्रहरूले आफू मातहत रहेका अक्सिजन उद्योगलाई सोहीअनुसार निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गरिसकेका छन् ।”

















सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
प्रतिक्रिया