एमालेको तर्फबाट बादल बने राष्ट्रिय सभाका उम्मेदवार
मेरोन्यूज
२०७८ वैशाख २४ गते ११:५२

काठमाडौँ । आगामी जेठ ६ गते हुने उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले उम्मेदवारी दिने भएका छन् । वागमती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन् । यसअघि उनले उम्मेदवारी नदिने भनी विभिन्न चर्चा आए पनि बादलले उम्मेदवारी दिने निर्णय गरेका हुन् ।
उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै मकवानपुर हिँडेका छन् ।
यसैबीच विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौडा पुगिसकेका छन् ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया