उम्मेदवारी दर्तापछि बादलले भने : मेरो जित सुनिश्चित छ (भिडियोसहित)

काठमाडौँ । गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’
एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’
उम्मेदवार दर्ता गर्नुअघि बादलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन उनी बालुवाटारबाट सीधै हेटौँडा हिँडेका थिए ।
यसैबीच उनको विपक्षीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीका तर्फबाट डा. खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया