पार्टी एकतामा जोड दिन गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरूको आग्रह
मेरोन्यूज
२०७८ वैशाख २४ गते १७:४८

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरूले पार्टी एकतालाई जोड दिँदै शीर्ष नेताहरूलाई जवाफदेही हुन आग्रह गरेका छन् । प्रदेशमा रहेका ११ वटा जिल्लाका जिल्ला अध्यक्षहरूले जनताप्रतिका जवाफदेहितालाई आत्मसाथ गर्दै सबै नेताहरू एकताबद्ध हुन आग्रह गरेका हुन् ।
उनीहरूले सामूहिक रुपमा हस्ताक्षर गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखा परिरहेका छन्, यो अन्तर संर्घर्षले पार्टीलाई क्षति पुर्याएको हामीले महशुस गरिरहेका छौँ ।’
उनीहरूले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई ध्यान दिनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया