पार्टी एकतामा जोड दिन गण्डकी प्रदेशका जिल्ला अध्यक्षहरूको आग्रह
मेरोन्यूज
२०७८ वैशाख २४ गते १७:४८

काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशका सबै जिल्ला अध्यक्षहरूले पार्टी एकतालाई जोड दिँदै शीर्ष नेताहरूलाई जवाफदेही हुन आग्रह गरेका छन् । प्रदेशमा रहेका ११ वटा जिल्लाका जिल्ला अध्यक्षहरूले जनताप्रतिका जवाफदेहितालाई आत्मसाथ गर्दै सबै नेताहरू एकताबद्ध हुन आग्रह गरेका हुन् ।
उनीहरूले सामूहिक रुपमा हस्ताक्षर गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी जिवन्त गतिशील पार्टी हो । नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह हो । हाम्रो पार्टीभित्र विगत वर्षहरूदेखि आन्तरिक अन्तरविरोधहरू देखा परिरहेका छन्, यो अन्तर संर्घर्षले पार्टीलाई क्षति पुर्याएको हामीले महशुस गरिरहेका छौँ ।’
उनीहरूले पार्टीका शीर्ष नेताहरूलाई आफ्नो मूल्य मान्यता र जनताप्रतिको जवाफदेहितालाई ध्यान दिनसमेत आग्रह गरेका छन् ।

सम्बन्धित










आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
विदेशी मुद्राको विनिमयदर : डलरकाे भाउ कति ?
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म
प्रतिक्रिया