बूढानीलकण्ठमा नेताहरूकाे दाैडधुप
देउवा-प्रचण्ड भेटवार्ता, यी विषयमा भए छलफल
देउवासँगकाे भेट अगाडि प्रचण्डकाे सभामुखसँग छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ अहिले राजनीतिक दलका नेताहरुका लागि केही आइपरे तत्कालै दौडेर पुगिहाल्ने स्थान बनेको छ ।
विपक्षी पार्टीहरु सरकारकाविरुद्ध रणनीति बनाउन कहिले यता कहिले उता दौडनु सामान्य नै हो । तर एक साता यता देउवाका निवासमा के सरकारी पक्ष, के विपक्षी सबै दौडेर पुगिहाल्ने वार्ता स्थल बन्न थालेको छ ।
प्रधानमन्त्री केपी ओलीले २७ वैशाखमा संसद्को विशेष अधिवेशनमार्फत विश्वासको मत लिने तयारी गरेपछि देउवाका निवासमा नेताहरुको जमघट बाँक्लिदो छ । शुक्रबार मात्रै पनि नेकपा (एमाले)का नेता भीम रावलले तीन घण्टा लामो छलफल गरेर बाहिरिएसँगै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि देउवा निवास पुगेका छन् ।
रावलले सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणसँग लामै संवाद गरेका थिए । नेपाल पक्षका प्रभावशाली नेता रावल बूढानीलकण्ठबाट बाहिरिएलगत्तै प्रचण्ड देउवा निवास पुगेका हुन् ।
देउवा निकट स्रोतका अनुसार प्रचण्ड र देउवाका बीचमा झन्डै आधा घन्टा एक्लाएक्लै संवाद भएको थियो ।
मुलतः तीन वटा विषयमा केन्द्रित रहेर देउवा र प्रचण्डका बीचमा छलफल भएको स्रोतको भनाइ छ ।
दुई नेताहरुका बीचमा वाग्मती र लुम्बिनी प्रदेशतर्फबाट राष्ट्रिय सभा उपचुनाव, प्रधानमन्त्री ओलीले संसदमा लिन लागेको विश्वासको मत र प्रधानमन्त्री ओलीले आइतबार बोलाएको संवैधानिक पारिषद्को बैठकका विषयमा केन्द्रित रहेर कुराकानी भएको थियो ।
प्रचण्ड सभामुख अग्नि सापकोटासँग उनकै सरकारी निवास लैनचौरमा भेटवार्ता गरेर बूढानीलकण्ठ पुगेका थिए ।
वाग्मती र लुम्बिनीको राष्ट्रिय सभा चुनावमा कांग्रेस र माओवादीले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन् । ओलीले लिन खोजेको विश्वासको मतलाई असफल बनाउने योजना उनीहरुले बनाएका छन् । त्यसैगरी संवैधनिक परिषद्को बैठकमा सभामुखदेखि विपक्षी दलका नेता नजाने विषयमा छलफल भएको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया