कोरोनाबाट पत्रकार दाहालको मृत्यु, महासंघद्वारा शोक व्यक्त

काठमाडौँ । सिटिजन पोष्ट डटकमका सम्पादक दिनेश दाहालको मृत्यु भएको छ । सुमेरु अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको शनिबार मृत्यु भएको हो ।
उनको ४० वर्षको उमेरमा कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि वैशाख १० गने उनलाई सुमेरु अस्पताल धापाखेलमा भर्ना गरिएको थियो । कोरोना संक्रमणसँगै निमोनिया देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
निमोनियासँगै कोरोना संक्रमण भएकाले उनको निधन हुन पुगेको अस्पतालले जनाएको छ । उनले जनप्रहार साप्ताहिकमा समेत सम्पादक रहेर काम गरेका थिए । स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।
महासंघद्वारा शोक व्यक्त
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दाहालको कोरोना संक्रमणबाट मृत्यु भएकोमा महासंघले दुःख व्यक्त गरेको छ । वैशाख १ गते कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका उनलाई श्वास फेर्न समस्या भएपछि अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत उनको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
महासंघले मृत्यु भएका पत्रकार दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । कोरोनाका कारण हालसम्म ८ जना पत्रकारले ज्यान गुमाइसकेका छन् । यस्तै, ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।
















मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
‘Former PM Adhikari’s dedication unparalleled’
वीरगञ्जमा गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
प्रतिक्रिया