पारिजात स्मृति अभिनव पुरस्कार शर्मालाई

काठमाडौँ । यस वर्षको पारिजात स्मृति अभिनव पुरस्कार साहित्यकार सीता शर्मालाई प्रदान गर्ने घोषणा गरिएको छ । अभिनव साहित्य समाजले तीन वर्षअघिदेखि पारिजातको जन्म महिनाको अवसर पारेर प्रत्येक वर्ष वैशाखको अन्तिम शनिबार यो पुरस्कार प्रदान गर्ने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण शर्मालाई पुरस्कार दिने घोषणा गुगल मिटमार्फत आयोजना गरिएको कार्यक्रममा गरिएको छ ।
निषेधाज्ञा सकिएलगत्तै सम्मान पत्रसहित दश हजार राशिको पुरस्कार प्रदान गरिने समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणिले जानकारी दिए । तीन वर्षअघि साहित्यकार वसन्त रिजालले एक लाखको अक्षय कोष राखी पुरस्कार स्थापना गरेका हुन् । कोषमा समाजका तर्फबाट ५० हजार थप गरिएको थियो । अक्षयकोषमा राखिएको राशिबाट प्रत्येक वर्ष प्राप्त हुने ब्याजबाट पुरस्कार प्रदान गरिन्छ । सो पुरस्कार पहिलो पटक विसं २०७६ मा बैतडीकी पूजा चन्दलाई प्रदान गरिएको थियो । गत वर्ष कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएकाले वितरण गर्न नसकिएको उनले सुनाए । समाजले विसं २०५८ फागुनदेखि प्रत्येक महिना अन्तिम शनिबार जोरपाटीमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमको आज २३१ औँ शृङ्खला हो । गुगल मिटमार्फत आज आयोजित कविता वाचन कार्यक्रममा मानन्धर अभागी, विमल अर्याल, डा शेषराज आचार्य दीक्षित, प्रकाशमणि दाहाल, सुशील आचार्य, दुर्गा अधिकारी, प्रदीपरत्न शाक्य, घनश्याम प्रसाइँ, शारदा पराजुली, द्वारिका कुइँकेल, डा बमबहादुर जिताली, त्रिलोचन आचार्य, इन्दिरा दाहाल, हेमगङ्गा पौडेल, निर्मल पराजुली, गीता बराल, उर्मिला पन्त, सम्मानित शर्मा, गायत्री चापागाईँ, गोपाल बराल, आलोक चालिसे, रामकुमार पण्डित, खोलाघरे साइँला, मेनका पोखरेल, रामचन्द्र दाहाल, उत्तम भेटवाल, भारद्वाज मित्र, परशुराम पराशरलगायतले आआफ्ना रचना पाठ गरेका गिए ।
कार्यक्रममा कोरोना कहर, समसामयिक राजनीतिका बारेमा व्यङ्ग्यात्मक रुपमा रचना गरिएका कविता वाचन गरेका थिए । कोरोनाका कारण मानवदेखि मानव त्रसित हुनुपरेको, घरमै बन्दी जीवन बिताउनु परेको लगायत पीडा पनि कवितामा अभिव्यक्त भएका थिए । रासस
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया