राष्ट्रपतिमाथि कांग्रेस सभापति देउवाको कडा टिप्पणी
‘राष्ट्रपति मुलुकको अभिभावक होइन, ओलीको प्रवक्ता मात्रै बन्नुभयो’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले अभिभावकीय भूमिका निभाउन नसकेको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी संसदीय दलको बैठकमा बोल्दै संसदीय दलका नेता देउवाले राष्ट्रपति भण्डारी सत्तारुढ दल नेकपा (एमाले) को अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता मात्रै बनेको टिप्पणी गरेका हुन् ।
संवैधानिक पदमा बसेको व्यक्ति राष्ट्रको अभिभावक बन्नु पर्नेमा पार्टीको विवाद मिलाउन सक्रिय बन्नु लज्जास्पद भएको उनको भनाइ थियो ।
‘राष्ट्रपतिले मुलुकको अभिभावकीय भूमिका निभाउनु पर्नेमा सत्तारुढ एमालेको पनि अध्यक्ष केपी शर्मा ओली समूहको प्रवक्ता जस्तै देखिनु भएको छ,’ देउवाको भनाइ उद्धृत गदै कांग्रेसका एक सांसदले भने । भण्डारी मुलुकको अभिभावक नभई पार्टीको राष्ट्रपति बनेको आरोप पनि देउवाले लगाए ।
कार्यकारी प्रधानमन्त्रीले संविधान मिच्दा सचेत गराउनु पर्नेमा उल्टै सहयोगी बनेर लाहछाप लगाएको देउवाले बताए । प्रधानमन्त्रीको गैरकानुनी काम राष्ट्रपतिले टुलुटुलु हेरेर बसेको उनको भनाइ थियो । ‘सरकारकै सहयोगीका रूपमा गैरसंवैधानिक काममा पनि लाहछाप लगाउने काम मात्रै राष्ट्रपतिले गर्नु भयो,’ देउवाले भने ।
देउवाले संवैधनिक पदमा बसेर सक्रिय राजनीति गरेको भन्दै राष्ट्रपतिका क्रियाकलाप प्रति पनि आपत्ति जनाए । उनले संविधान समाप्त पार्ने उद्देश्यले संसद्को बजेट अधिवेशन बोलाउने बेलामा चोरबाटोबाट संवैधानिक परिषद्सम्बन्धीलगायतका अध्यादेश ल्याएको बताए ।
‘प्रधानमन्त्री संविधान समाप्त पार्ने खेलमा लागेका छन् । संसद्को बजेट अधिवेशन बोलाउनु पर्ने बेलामा असंवैधानिक तवरबाट अध्यादेश ल्याइएको छ,’ देउवाले भने, ‘यसको हामीले दह्रो प्रतिकार गर्नुपर्छ । संसद् छलेर ल्याएको अध्यादेश अनुरुप बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताका हैसियतमा म उपस्थित नहुने निर्णय गरिसकेँ ।’
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया