लुम्बिनीका मुख्यमन्त्री विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता (प्रस्तावसहित)

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । उनीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरूले हस्ताक्षर गरी प्रदेशसभामा अविश्वासका प्रस्ताव दर्ता गरेका स्रोतले जनाएको छ ।
उनीविरुद्ध ४० जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । यसअघि पोखरेलले गत १९ गते दोस्रोपटक मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका थिए ।
यसअघि गत ६ वैशाखमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासकाे प्रस्ताव दर्ता भएसँगै गत १९ वैशाखमा प्रदशेसभाको विशेष अधिवेशन बोलाइएको थियो । तर, अधिवेशन सुरु हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएर बहुमतको सरकारको दाबी गर्दै दोस्रोपटक मुख्यमन्त्रीको पद तथा गाेपनीयताको सपथ खाएका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरूले आफूहरूको पक्षमा बहुमत भएको दाबी गरे पनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।
यस्तो छ मुख्यमन्त्री पोखरेल विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव



















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रतिक्रिया