तुलसीपुर कारागारमा कैदीबन्दी मृत भेटिए
मेरोन्यूज
२०७८ वैशाख २६ गते १२:२६

दाङ । जिल्लाको तुलसीपुर कारागारमा एक कैदीबन्दी मृत अवस्थामा फेला परेका छन् । शनिबार बेलुका खाना खाएर सुतेका ४६ वर्षीय खड्ग बुढाथोकीको आज बिहान ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको हो ।
गत २०६८ साल असार ११ गतेदेखि कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका सल्यानको कपुरकोट गाउँपालिका ३ का बुढाथोकी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले मेरोन्युजलाई जानकारी दिए ।
‘शनिबारसम्म उनको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन, अब मृतकको परिवार आएपछि मात्रै शव पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पठाउने तयारी गरेका छौँ,’ डिएसपी सिंहले भने ।
सम्बन्धित














माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गाकाे व्यवस्था
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
प्रतिक्रिया