जसपाका सांसदलाई स्वतन्त्र अधिकार
मेरोन्यूज
२०७८ वैशाख २६ गते १९:०७

काठमाडौँ । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय गर्न आफ्नो सांसदलाई स्वतन्त्र अधिकार दिने भएको छ ।
आज बसेको जसपाको बठैकले प्रधानमन्त्रीको पक्ष विपक्षमा मत गर्न सांसद्लाई स्वतन्त्र छोड्ने निर्णय गरेको जनाइएको छ । जसपाले आफ्ना सांसद्हरुलाई ह्विप नलगाउने भएको हो । जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले प्रधानमन्त्री ओलीको विपक्षमा मत दिने भएको छ भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष मौन बस्ने भएको छ ।
पार्टीमा दुई थरी मत आएपछि पार्टी एकता जोगाउन भट्टराई र यादव पक्षले ओलीको विपक्षमा मत दिने र ठाकुर र महतो पक्ष तटस्थ बस्ने निर्णय भएको जनाइएको छ ।
सम्बन्धित
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया