आइतबार, वैशाख १३, २०८३

स्वास्थ्य संकटमा स्कुल अफ डेमोक्रेसीको परामर्श सेवा

मेरोन्यूज २०७८ वैशाख २६ गते १९:५६

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोबिड–१९)को दोस्रो लहरले नेपालसमेत आक्रान्त भएको अवस्थामा स्कुल अफ डेमोक्रेसीले डाक्टरहरूको समूहसँग समन्वय गरेर टेलिफोनमार्फत २४ सै घण्टा निःशुल्क परामर्श दिने व्यवस्था गरेको छ । चौबिसै घण्टा उपलब्ध हुने हटलाइन नम्बर ९८६४४८३०२६ को पनि व्यवस्था गरिएको संस्थाले जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।

Advertisement
NiccNicc

दीर्घकालीन रोगबाट संक्रमित वा अन्य कुनै रोगको समस्या भएमा सोअनुसारको विषेशज्ञको परामर्श प्रवाह गरेर रोगले पिडामा परेका जनतालाई स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श अभियान सञ्चालन गरेरिएको स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिह महरले बताए ।

हटलाइनको व्यवस्था गरेर बिरामीले घरघरमा फोनमार्फत चिकित्सक परामर्श लिन सक्ने सानो प्रयासले कोरोनाविरुद्धको लडाइँमा सहजता मिल्ने अपेक्षा गरेको कांग्रेस नेतासमेत रहेका अध्यक्ष महरले स्पष्ट पारे । आगामी दिनमा थप चिकित्सकहरूलाई यस अभियानमा जोड्दै जाने र विदेशमा रहेका शाखामार्फत पनि अभियानमा सामेल गराइने स्वास्थ्य संयोजक डा नरेश भट्टले जानकारी दिए ।

­­­

प्रतिक्रिया