वेपत्ता युवाको शव ओडारमा भेटियो

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका –५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा शव फेला परेको छ । वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।
टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।
यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई बलात्कार भएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । विजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।रासस
















एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया