कोरोेना संक्रमणबाट कांग्रेस नेता कार्कीको निधन
मेरोन्यूज
२०७८ वैशाख २७ गते ११:५४

ओखलढुङ्गा । कोरोना संक्रमणबाट नेपाली कांग्रेस ओखलढुंगाका पूर्वजिल्ला सभापति पृथ्वीबहादुर कार्कीको निधन भएको छ । कोभिड– १९ बाट संक्रमित भई काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत कार्कीको सोमबार ७८ वर्षका उमेरमा निधन भएको हो ।
एक दशकअघि जिल्लामा कांग्रेसको नेतृत्व गरेका कार्कीले २०१८ सालमा कांग्रेसमा आबद्ध भई राजनीतिक यात्रा शुरु गरेका थिए । उनले प्रतिबन्धित कालमा पटकपटक कारागार जीवन बिताउनाका साथै प्रजातन्त्र प्राप्तिका विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यसैबीच कार्कीको निधनप्रति ओखलढुंगा कांग्रेसले शोक व्यक्त गरेको छ । कार्कीको निधनले ओखलढुंगा कांग्रेसमा अपूरणीय क्षति भएको जनाउँदै सात दिनसम्म पार्टीको आधा झण्डा झुकाउने र पाँच दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने कांग्रेस ओखलढुंगाले जनाएको छ ।
सम्बन्धित
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया