संवैधानिक परिषदले क-कसलाई गर्यो नियुक्ति ?(सुची यस्तो छ)

काठमाडौं । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहभागी भएको आइतबारको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गरेको थियो । सो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहेका थिए ।अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो ।
नियुक्ति सिफारिस यस प्रकार छन्
लोक सेवा आयोग
अध्यक्षःमाधव प्रसाद रेग्मी
सदस्यःमाधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्तः डा.हरी पौडेल,बागलुङ
आयुक्तः सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्तः सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्यः विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा धनुषा
महिला आयोग
सदस्य जया घिमिरे,धनुषा
सदस्यः सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग
सदस्यः सुन्दर पुर्कुटी,काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्षः डा।रामकृष्ण तिमिल्सिना,कास्की
सदस्यः पुष्पराज तिमिल्सिना,पर्वत
सदस्यः मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग
सदस्यः सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्यः आभा कुमारी,सप्तरी
थारु आयोग
सदस्यः डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्यः मोहम्मद समसुल हक,सर्लाह















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया