एमालेकै यी २८ सांसदले दिएनन् ओलीलाई भोट

काठमाडौँ । प्रतिनिधि सभाको बैठकले सोमबारदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाएको छ । प्रधानमन्त्री ओलीले विशेष अधिवेशनमार्फत विश्वासको मत लिन चाहेपछि आज प्रतिनिधि सभामा विश्वासको मतका लागि मत विभाजन गरिएको थियो ।
प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत खसेको छ । उनले संसदमा विश्वासको मतका लागि १३६ मत आवश्यक थियो । उनलाई बहुमत प्राप्तका लागि ४३ मत आवश्यक पर्दै गर्दा अविश्वासको प्रस्तावमा १२४ मत खसेको छ । त्यस्तै १५ जना सांसदले तटस्थ बस्ने निर्णय गरी मत हालेका छन् ।
कूल २७१ सांसदमध्ये आजको बैठकमा २३२ सांसदले सहभागिता जनाएका थिए । जसमा प्रधानमन्त्री ओलीकै पार्टी नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू बैठकमा सहभागी भएका थिएनन् । नेपाल पक्षका सांसदसहित एमालेसँग १२१ सांसद थिए । आजको बैठकमा नेपाल समूहका यी नेताले आफ्नै पार्टीका प्रधानमन्त्रीलाई भोट हाल्न अनुपस्थित भएका थिए ।
नेपाल पक्षका अनुपस्थित सांसदहरू : माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार, गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, भीमबहादुर रावल, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरु, कतिला खातुन, लक्ष्मीकुमारी चौधरी, मुकुन्द न्यौपाने
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया