कोभिडबिरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज २ जेठ देखि लगाईंदै

काठमाडौं । सरकारले चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा जेठ २ देखि शुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखाले २ जेठ देखि दोस्रो डोज लगाउने तयारी थाल्न भएको हो ।
भेरोसेल खोप पहिलो (डोज) मात्रा लगाएको चार साता पछि दोस्रो डोज लगाउनुपर्ने हुन्छ । सरकारले २५ चैत देखि भेरोसेल लगाउन थालेको थियो । शुरुमा उपत्यका तीन सहित ७ जिल्लामा १८ देखि ६० बर्षका व्यक्ति र त्यसमा पनि विशेष प्राथमिकता निर्धारण गरि खोप दिएको यियो पछि थप उपत्यकाका सहित अन्य केही जिल्लामा सर्वसाधारणले पनि खोप पाएका थिए ।
खोपशाखा प्रमुख डा झलक गौतमले भेरोसेल खोप लगाएका जिल्लाहरुलाई २ देखि ९ गतेसम्मका लागि खोप अभियान सञ्चालन गरिने जानकारी दिए । अघिल्लो पटक जस्तो अस्पतालमा गएर खोप लगाउने अवस्था नभएकोले विद्यालय, कलेज तथा पार्टी प्यालेस जस्ता खुल्ला ठाँउमा भिडभाड नगरी खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनले जानकारी दिए ।
चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो । सो खोप गत १६ चैतमा नेपाल आइपुगेको थियो ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
प्रतिक्रिया