सरकार गठन गर्न समर्थन नगरेका दलको नेता थापा बर्खास्त
मेरोन्यूज
२०७८ वैशाख २९ गते १५:१६

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले नेपाली कांग्रेस नेतृत्वको नयाँ सरकार गठन गर्न सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट बर्खास्त गरेको छ । गण्डकी प्रदेशका संसदीय दलका नेता थापालाई जनमोर्चाले दलको नेताबाट हटाएको हो ।
पार्टीकी सचेतक पियारी थापाले प्रदेशसभा सदस्य थापालाई संसदीय दलको नेताबाट हटाउने निर्णय सभामुख नेत्रनाथ अधिकारीलाई जानकारी गराएकी थिइन् ।
गण्डकी प्रदेशमा कांग्रेससहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकार निर्माणमा जनमोर्चाले समर्थन गर्ने निर्णय भएको थियो । यसविरुद्ध कार्य गरेको भन्दै थापलाई दलको नेताबाट हटाएको महासचिव मनोज भट्टले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभामा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया