राष्ट्रपतिलाई ठाकुर र महतोको आग्रहः यादवले सरकार गठन गर्न पार्टीको सिफारिस ल्याए नमान्नु
मेरोन्यूज
२०७८ वैशाख २९ गते १७:५४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न आग्रह गरेका छन् ।
बुधबार शीतल निवास पुगेका ठाकुर र महतोले आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको जनाएको हाे ।
यादव दोस्रो वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका थिए। तर जसपाको विधानमा अध्यक्षहरुको वरियता नतोकिएको यादव पक्षीय नेताहरुको भनाइ छ।
जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको पक्षमा छन् भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा रहेको देखिन्छ ।
सम्बन्धित










दोहोरो अंकले बढ्याे सेयर बजार
च्यासलमा एमालेका निवर्तमान सांसदहरूको बैठक
प्रधानमन्त्री कार्कीसँग कांग्रेसका युवा नेताहरुको भेट
मन्त्रिपरिषद् बैठक जारी
एनपिएल : कर्णालीले चितवनलाई दियो १६७ लक्ष्य
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एकैदिन तोलामा ६ हजार ९०० ले घट्यो सुनको मूल्य
दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?
प्रतिक्रिया