राष्ट्रपतिलाई ठाकुर र महतोको आग्रहः यादवले सरकार गठन गर्न पार्टीको सिफारिस ल्याए नमान्नु
मेरोन्यूज
२०७८ वैशाख २९ गते १७:५४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उपेन्द्र यादवले सरकार गठनका लागि पार्टीको सिफारिस ल्याएमा नमान्न आग्रह गरेका छन् ।
बुधबार शीतल निवास पुगेका ठाकुर र महतोले आफ्नो पार्टी वैकल्पिक सरकारको पक्षमा नरहेको जनाएको हाे ।
यादव दोस्रो वरियताको अध्यक्ष भएको र निर्वाचन आयोगमा समेत ठाकुरकै हस्ताक्षर चल्ने जानकारी ठाकुर र महतोले राष्ट्रपतिलाई गराएका थिए। तर जसपाको विधानमा अध्यक्षहरुको वरियता नतोकिएको यादव पक्षीय नेताहरुको भनाइ छ।
जसपका अध्यक्ष ठाकुर र महतो प्रधानमन्त्री केपी ओलीकै निरन्तरताको पक्षमा छन् भने अर्का अध्यक्ष यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा रहेको देखिन्छ ।
सम्बन्धित
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रतिक्रिया